‘माग्ने राजा’ सार्वजनिक, भदौ ६ देखि प्रदर्शन

हिमाल प्रेस ६ असार २०८२ १६:१३ | Friday, June 20, 2025
‘माग्ने राजा’ सार्वजनिक, भदौ ६ देखि प्रदर्शन

काठमाडौँ- फिल्म ‘माग्ने राजा’ ले पोस्टर सार्वजनिक गर्दै आगामी भदौ ६ लाई प्रदर्शन मिति घोषणा गरेको छ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा कार्यक्रम गर्दै फिल्मको दुई पोस्टर र प्रदर्शन मिति सार्वजनिक गरिएको हो।

कार्यक्रममा अभिनेता केदार घिमिरेलाई ‘माग्ने राजा’ कै अवतारमा दरबारीयाकाे जस्ताे कुर्सीमा बसालिएको थियो। पाेस्टरमा उनी सुन र पहेलाे वस्त्रले ढाकिएका छन्। राजकीय अवतारमा उनी कुर्सीमा पैसासहित बसेका छन्। घिमिरेसहित अर्कोमा वर्षा शिवाकोटी र विल्सन विक्रम राई छन्।

कलाकार घिमिरे यही फिल्मबाट पहिलोपटक मुख्य भूमिकामा देखिन लागेका हुन्। ८ वर्षपछि ऋषि लामिछानेले पनि निर्देशनमा कमब्याक गरेका छन्। उनकाअनुसार फिल्ममा अहिले अवस्थामा आफैंलाई राजाको रुपमा प्रस्तुत गर्ने युवापुस्ताको कथा देखाइनेछ।

फिल्ममा धनी बन्ने महत्वाकांक्षा बोकेको एक गरिबको कथा प्रस्तुत गरिएको टिमले जनाएको छ। फिल्मका लेखक सामिप्यराज तिमिल्सेना हुन्। फिल्ममा अन्य कलाकार वर्षा शिवाकोटी, शारदा गिरी, विल्सनविक्रम राई, शिशिर वाङदेल, मिस पबी, पुष्कर गुरुङलगायत कलाकारको अभिनय छ। साथै अभिनेता आर्यन सिग्देलको  विशेष भूमिकामा देखिनेछन्।

फिल्म नरेन्द्र मैनालीले छायांकनमा बनेको छ। आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्मातामा मुनाल घिमिरे छन्। उनी हाल दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष समेत हुन् ।

प्रकाशित: ६ असार २०८२ १६:१३ | Friday, June 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast