वाणिज्य बैंकहरूको ८ प्रतिशतले बढ्यो निक्षेप र कर्जा

हिमाल प्रेस ५ असार २०८२ १९:२५
14
SHARES
वाणिज्य बैंकहरूको ८ प्रतिशतले बढ्यो निक्षेप र कर्जा

काठमाडौं- आर्थिक वर्ष २०८१-८२ को ११ महिना वाणिज्य बैंकहरूको निक्षेप र कर्जा लगानी दुवै ८ प्रतिशतभन्दा बढीले बढेको छ।

नेपाल बैंकर्स संघले उपलब्ध गराएको पछिल्लो तथ्यांकअनुसार गत असार मसान्तदेखि जेठ मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरूको कर्जा लगानी ८.२३ प्रतिशत र निक्षेप संकलन ८.७५ प्रतिशतले बढेको छ।

संघको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१–८२ को साउनदेखि जेठ मसान्तसम्ममा वाणिज्य बैंकहरुको कर्जा प्रवाह ८.२३ प्रतिशतले बढेर ४९ खर्ब १० अर्ब रुपैयाँ पुगेको छ। गत असार मसान्तसम्म वाणिज्य बैंकहरुले ४५ खर्ब ४७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए।

यो अवधिमा १८ बैंकको कर्जा लगानी बढेको छ भने दुई बैंकको घटेको छ। कर्जा लगानी घट्नेमा एनआईसी एसिया बैंक र कुमारी बैंक रहेका छन्। यी दुवै बैंकको कर्जा लगानी गत आर्थिक वर्षको असार मसान्तको तुलनमा घटेको हो। सबैभन्दा धेरै कर्जा प्रवाह गर्नेमा ग्लोबल आइएमई बैंक रहेको छ। यसको कर्जा प्रवाह ४ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ।

यसै गरी चालु आर्थिक वर्षको ११ महिनामा निक्षेप संकलन ८.७५ प्रतिशतले बढेर ६२ खर्ब ५८ अर्ब रुपैयाँ पुगेको छ। असार मसान्तसम्म वाणिज्य बैंकहरूले ५७ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए।

यस अवधिमा एनआईसी एसिया बाहेक अरू सबै बैंकको निक्षेप संकलन बढेको छ। सबैभन्दा धेरै निक्षेप संकलन बढ्नेमा एनएमबी बैंक रहेको छ। यसको निक्षेप संकलन २१.३७ प्रतिशतले बढेर २ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ। यता सबैभन्दा धेरै निक्षेप संकलन गर्नेमा ग्लोबल आइएमई बैंक रहेको छ। जेठ मसान्तसम्ममा यसले ५ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ।

प्रकाशित: ५ असार २०८२ १९:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast