त्रिभुवन विमानस्थलबाट एक किलो सुनसहित एक पक्राउ

हिमाल प्रेस ४ असार २०८२ १९:१२ | Wednesday, June 18, 2025
त्रिभुवन विमानस्थलबाट एक किलो सुनसहित एक पक्राउ

काठमाडौँ- प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो १५९ ग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतीय नागरिक ५३ वर्षीय मीना सुरजितसिंह खेमानी रहेको केन्द्रीय प्रहरी प्रवक्ता विनोद घिमिरेले जानकारी दिए। उनले भने, ‘एयर अरेवियाको उडानद्वारा शारजाहबाट काठमाडौँ आएकी निज खेमानी विमानस्थलको आगमन भन्सार एरियाको टनेल गेटबाट करिब एक किलो १५९ ग्राम तौलको सुन जस्तो देखिने अर्धठोस् पदार्थसहित पक्राउ परेकी हुन्।’

प्रहरीले प्लास्टिकले ‘र्‍याप’ गरेको तीन वटा डल्लाको सुन जस्तो देखिने अर्धठोस् पदार्थ फेला पारी पक्राउ गरेको र यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको प्रवक्ता घिमिरे बताए।

प्रकाशित: ४ असार २०८२ १९:१२ | Wednesday, June 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast