काठमाडौँ- नेपाल राष्ट्र बैंकले बुधबार एकै दिन बैंकिङ प्रणालीबाट ९० अर्ब रुपैयाँ उठाउने भएको छ। पछिल्लो समय बजारमा अधिक तरलता भएसँगै राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट निरन्तर रूपमा निक्षेप रकम उठाइरहेको छ।
यसअघि पनि एकै दिन ८० अर्बसम्म रकम बैंकहरूबाट उठाएको थियो। राष्ट्र बैंकले २१ दिनका लागि बोलकबोल आह्वान गरेको छ। जसमा बैंक तथा वित्तीय संस्थाहरूले भाग लिन सक्नेछन्।
बुधवार दिउँसो ३ बजे बोलकबोलको समय तोकेको छ। बैंक तथा वित्तीय संस्थाहरूले बोल गर्न सकिने रकम घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म रहेको छ।
प्रकाशित: ४ असार २०८२ ११:२१ | Wednesday, June 18, 2025
प्रतिक्रिया



