पूर्वपश्चिम राजमार्गमा सवारी आवागमन पुनः अवरुद्ध

हिमाल प्रेस ४ असार २०८२ ९:१३ | Wednesday, June 18, 2025
पूर्वपश्चिम राजमार्गमा सवारी आवागमन पुनः अवरुद्ध

काठमाडौँ- पूर्वपश्चिम राजमार्गमा सवारी आवागमन पुनः अवरुद्ध भएको छ। नवलपरासीको बर्दघाट सुस्ता पूर्वको विनयी त्रिवेणी गाउँपालिका-१ स्थित विनयी खोलाको डाईभर्सन बाढीले बगाउँदा सवारी आवागमन अवरुद्ध भएको हो।

पूर्वपश्चिम राजमार्गअन्तर्गत दुम्किवासको विनयी खोलामा गएरातिदेखि परेको पानीका कारण बाढी आएपछि निर्माण गरेको अस्थायी डाइभर्सन पुनः बगाएको छ। डाइभर्सन बगाएपछि सवारी आवागमन बन्द भएको छ।

उक्त स्थानमा डिभिजन प्रमुखको निर्देशनमा इन्जिनियरसहितको टोलीले छिटोभन्दा छिटो सवारी आवागमन खुलाउने प्रयास गरिरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

‘पानीको सतह कम भए अबको ४ देखि ५ घण्टाभित्र सवारी आवागमन सुचारू हुन्छ,’ सडक डिभिजन कार्यालय भरतपुरले भनेको छ।

१३ घण्टा अगाडि एकतर्फी सडक सञ्चालनमा आएको थियो। तर, पुनः बाढी आएर डाइभर्सन बगाएपछि सवारी आवागमन ठप्प भएको हो।

प्रकाशित: ४ असार २०८२ ९:१३ | Wednesday, June 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast