बिनाशर्त आत्मसमर्पण गर्न इरानलाई ट्रम्पको चेतावनी

हिमाल प्रेस ४ असार २०८२ ७:३९
24
SHARES
बिनाशर्त आत्मसमर्पण गर्न इरानलाई ट्रम्पको चेतावनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प। तस्बिर : एपी/रासस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथमा एक पोष्ट गर्दै बिनासर्त आत्मसमर्पण गर्न चेतावनी दिएका छन्। उनले भने, ‘हाम्रो धैर्यताको बाँध अब टुट्न लागेको छ, बिनासर्त आत्मसमर्पण गर।’

एकपछि अर्को लगातर सामाजिक संजालमा पोष्ट गर्दै ट्रम्पले यस्तो चेतावनी दिएको बीबीसीले जनाएको हो। एक अर्को पोष्टमा उनले इरानी सुप्रिम लिडर कहाँ छन् भन्ने थाहा भए पनि तत्काल उनको ज्यान नलिने बताएका छन्।

‘हामीलाई सुप्रिम लिडर भनेर चिनिने व्यक्ति कहाँ लुकेको छ भन्ने कुरा ठ्याक्कै थाहा छ। उनी सजिलो लक्ष्य हुन्,’ उनले भनेका छन्, ‘तर उनी त्यहाँ सुरक्षित छन्। हामी उनलाई मार्ने छैनौँ। कमसेकम अहिले चाहिँ हत्या गर्दैनौँ।’

ट्रम्पले नागरिक वा अमेरिकी सैनिकहरूमाथि मिसाइल प्रहार भएको हेर्न नचाहेको बताएका छन्केही समयअघि गरेको एक अर्को पोष्टमा उनले इरानको आकाशमा पूर्ण नियन्त्रण कायम गरिसकेको बताएका थिए।

इरानसँग राम्रा स्काई ट्रयाकर र अन्य रक्षात्मक उपकरणहरू धेरै रहेको उनले बताएका छन्। तर, त्यो अमेरिकामा बनेका, अमेरिकी डिजाइन र अमेरिकी निर्माणको तुलनामा कमजोर रहेको ट्रम्पको भनाइ छ।

अमेरिकाले लामो समयदेखि इजरायललाई सैन्य सहयोग र उपकरणहरू प्रदान गरिरहेको छ। तर, शुक्रबारदेखि आक्रमण सुरु भएपछि आधिकारिक रूपमा अमेरिका इजरायली हमलामा संलग्न नभएको बताइरहेको थियो।

क्यानाडामा जी-७ बैठकबाट छिटो फर्केपछि बिहान एकदम शान्त देखिएका ट्रम्पले अहिले सामाजिक सन्जालमा चिन्ताजनक पोष्ट गरेका हुन्। इरान आक्रमणमा अमेरिकी संलग्नता नरहेको बताउने ट्रम्पले प्रयोग गरेको भाषाले अमेरिका इजरायलको साथमा रहेको र इरानविरुद्धको आक्रमणमा अमेरिका प्रत्यक्ष संलग्न भएको स्पष्ट पारेको बीबीसीले उल्लेख गरेको छ।

जबकी उनीहरूले केही दिनदेखि अमेरिका प्रत्यक्षरूपमा आक्रमणमा संलग्न नभएको दाबी गर्दै आएका थिए। बीबीसी

प्रकाशित: ४ असार २०८२ ७:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast