इरान विश्व शान्तिका लागि खतरा बनेको छ : इजरायली राष्ट्रपति हेर्जोग

हिमाल प्रेस ३ असार २०८२ १९:१९
14
SHARES
इरान विश्व शान्तिका लागि खतरा बनेको छ : इजरायली राष्ट्रपति हेर्जोग

काठमाडौँ- इजरायलका राष्ट्रपति आइज्याक हेर्जोगले इरानलाई विश्व शान्ति र इजरायलको अस्तित्वका लागि गम्भीर खतरा बताएका छन्।

दशकौँदेखि इरानको आयातोल्लाह शासनले योजनाबद्ध रुपमा इजरायललाई नष्ट गर्ने उद्देश्यले काम गरिरहेको उनको भनाइ छ।

इरानसँग जारी संघर्षका सन्दर्भमा देशवासीलाई सम्बोधन गर्दै राष्ट्रपति हेर्जोगले भने,‘इरानले आतंकवादी संगठनहरू प्रयोग गरेर क्षेत्रीय र विश्वव्यापी आतंक फैलाउने, यहुदीविरोधी घृणा भड्काउने र सबैभन्दा खतरनाक रुपमा आणविक हतियार विकास गर्ने काम गरिरहेको छ। यी केवल इजरायलमाथिको खतरा होइनन्, मध्यपूर्व र सम्पूर्ण विश्वको शान्ति र सुरक्षामाथिको चुनौती हुन्।’

उनले इरानको अन्तिम लक्ष्य इजरायलको पूर्ण विनाश भएको दाबी गरे।

राष्ट्रपति हेर्जोगले अन्तर्राष्ट्रिय समुदायले विगतमा पटकपटक पारित गरेका निर्णयहरूमार्फत इरानलाई आणविक हतियार हासिल गर्न नदिन स्पष्ट सन्देश दिइसकेको बताएका छन्।

उनले भने,‘विश्व स्पष्ट रुपमा एकमत छ कि यस्तो शासनलाई आणविक हतियार दिइनु हुँदैन। इजरायलका विभिन्न सरकारहरुले पनि यसको गम्भीरता बुझेका छन् र यसलाई रोक्न सबै किसिमले कदम चालेका छन्।’

उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इजरायलप्रतिको दृढ मित्रता र सहयोगका लागि आभार व्यक्त गरे। साथै इजरायलको आत्मरक्षाको अधिकारलाई समर्थन गर्ने सबै देश र नेताहरूलाई पनि उनले धन्यवाद दिए।

प्रकाशित: ३ असार २०८२ १९:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast