पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध

हिमाल प्रेस ३ असार २०८२ ७:२२ | Tuesday, June 17, 2025
पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध सडक। प्रतिनिधिमूलक तस्बिर।

काठमाडौँ- पहिरो खसेपछि गुल्मीस्थित कालीगण्डकी करिडोर सडक अवरुद्ध भएको छ।

सोमबार दिउँसो कालीगण्डकी गाउँपालिका–६ बर्लवामा पहिरो खसेर अवरुद्ध भएको सडकमा अझै गाडी चल्न सकेका छैनन्।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुका अनुसार माथिबाट खसेको ठूलो पहिरोले करिडोर सडक पूर्णरूपमा अवरुद्ध भएको छ। अहिले पनि त्यहाँ पहिरो खसिरहेको छ।

पहिरो खस्न रोकिएपछि मात्रै सडकको अवरोध हटाउने तयारी भएको सारुले बताए। पहिरोमा रोकिएका सवारी साधनलाई पूर्तिघाटबाट वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ।

प्रकाशित: ३ असार २०८२ ७:२२ | Tuesday, June 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast