सामाजिक सञ्जालमा नेतृत्वविरुद्ध बोल्नेलाई कारबाही तयारी गर्दै शिक्षक संघ

हिमाल प्रेस १ असार २०८२ १४:५८ | Sunday, June 15, 2025
सामाजिक सञ्जालमा नेतृत्वविरुद्ध बोल्नेलाई कारबाही तयारी गर्दै शिक्षक संघ

काठमाडौँ- नेपाल शिक्षक संघ संघीय कार्यसमितिले नेतृत्वविरुद्ध सामाजिक सञ्जाललगायतका माध्यमबाट अभिव्यक्ति दिने शिक्षकहरूलाई अनुशासनात्मक कारबाहीको तयारी थालेको छ।

गत १७ वैशाखमा स्थगित शिक्षक आन्दोलन, विद्यालय शिक्षा विधेयक–२०८० लगायत विषयमा संघको भूमिकाप्रति असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमा टिप्पणी गर्ने शिक्षकहरूमाथि संघले कारबाहीको प्रक्रिया अघि बढाएको हो।

संघका महासचिव ज्ञानेन्द्रबहादुर रावलले कारबाही प्रक्रियाबारे जानकारी दिँदै भने, ‘कारबाही महाभारत होइन। उजुरी आएका छन्, छानबिन गर्छौं। स्पष्टिकरणका लागि बोलाउँछौं। चित्तबुझ्दो जवाफ आयो भने सकिहाल्छ।’

उनका अनुसार स्पष्टिकरण सन्तोषजनक नभए संघको विधानअनुसार सदस्यता खारेजी, पदमुक्त गर्ने जस्ता विकल्पहरू छन्। ‘हाम्रो न्यायिक समितिमा वकिल पनि हुनुहुन्छ। छलफलपछि मात्रै निर्णय हुन्छ,’ रावलले भने।

स्राेतका अनुसार संघका निवर्तमान वरिष्ठ उपाध्यक्ष यम पी भुसाल, तनहुँ अध्यक्ष रमेशबाबु भट्टराई र काठमाडौँ महानगर शिक्षक महासंघ अध्यक्ष राजेन्द्र अधिकारीलाई कारबाहीको तयारी छ।

तर भट्टराईले भने आफूलाई अहिलेसम्म आधिकारिक रूपमा कुनै जानकारी नआएको प्रतिक्रिया दिएका छन्। ‘हल्ला मात्रै सुनेको हुँ। गलत प्रथाको विरोध र सही पक्षको वकालत गर्न म रोकिँन्न,’ उनले भने।

प्रकाशित: १ असार २०८२ १४:५८ | Sunday, June 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast