अमेरिकी डलरको भाउ १३७ रुपैयाँ ४४ पैसा पुग्यो

हिमाल प्रेस १ असार २०८२ ६:२९
22
SHARES
अमेरिकी डलरको भाउ १३७ रुपैयाँ ४४ पैसा पुग्यो

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, पाउन्ड, कुबेती र बहराइन दिनार, युरो, अस्ट्रेलियन डलरसहित सबैजसो विदेशी मुद्राको मूल्य स्थिर छ। अर्थात् शनिबार जुन मूल्यमा किनबेच भएको थियो, आज पनि सबैजसो विदेशी मुद्रा सोही मूल्यमा कारोबार हुनेछ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०४ पैसा छ।

आज युरो एकको खरिददर १५८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १५८ रुपैयाँ ७२ पैसा छ। आज पाउन्ड एकको खरिददर १८५ रुपैयाँ ९६ पैसा र बिक्रीदर १८६ रुपैयाँ ७७ पैसा छ।

अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३३ पैसा छ। कुबेती दिनार एकको खरिददर ४४९ रुपैयाँ ७५ पैसा र बिक्रीदर ४५० रुपैयाँ ९६ पैसा छ।

आज बहराइन दिनार एकको खरिददर ३६४ रुपैयाँ २७ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ८६ पैसा छ।

प्रकाशित: १ असार २०८२ ६:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast