बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल गठन

हिमाल प्रेस ३० जेठ २०८२ १५:५४ | Friday, June 13, 2025
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल गठन

काठमाडौँ- बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेस गर्न डा. रेवतबहादुर कार्की संयोजकको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको छ। कार्यदलको सदस्यमा भुवनकुमार दहाल र सदस्य सचिवमा नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल रहेको राष्ट्र बैंकले शुक्रबार जनाएको छ।

उक्त कार्यदलको समयावधि एक महिनाको रहने गरी छबुँदै जिम्मेवारी तोकिएको छ।

कार्यदललाई बैंकिङ नीति नियमनलाई उदार तर विवेकशील (प्रुडेन्सियल), जोखिममा आधारित प्रभावकारी सुपरीवेक्षण र ग्राहकमैत्री बैंकिङ सेवाको विकासका सम्बन्धमा अध्ययन गरी सुझाव पेस गर्नुपर्ने जिम्मेवारी तोकिएको छ।

यसैगरी आर्थिक गतिविधि पूर्ण चलायमान बनाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिका, ग्रामीण क्षेत्रमा कर्जा प्रवाहलाई प्रभावकारी बनाउन चाल्नुपर्ने कदम र बैंक तथा वित्तीय संस्था गाभ्ने र प्राप्ति तथा उक्त कार्यपछिका समस्याहरूको पहिचान तथा समाधानको सुझावका सम्बन्धमा अध्ययन गरी सुझाव पेस गर्न कार्यदललाई जिम्मेवारी दिइएको राष्ट्र बैंकले जनाएको छ।

नेपाललाई ग्रे लिष्टबाट हटाउन बैकिङ क्षेत्रले खेल्नुपर्ने भूमिका र पुँजीबजार विकासमा केन्द्रीय बैंकको समन्वयात्मक भूमिकााबरे पनि उनीहरूलाई अध्ययन गर्न जिम्मेवारी दिइएको छ।

प्रकाशित: ३० जेठ २०८२ १५:५४ | Friday, June 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast