‘अञ्जिला’ एक सयमै हेर्न पाइने

हिमाल प्रेस २९ जेठ २०८२ ११:५६ | Thursday, June 12, 2025
‘अञ्जिला’ एक सयमै हेर्न पाइने

काठमाडौँ- गत वर्ष फागुन २९ देखि प्रदर्शनरत फिल्म ‘अञ्जिला’ अब एक सय रुपैयाँमै हेर्न पाइने भएको छ। फिल्म प्रदर्शनको सय दिन नजिकिदै गर्दा दर्शकलाई १०० कै दरमा देखाउने तयारी गरेको निर्माता प्रेमकुमार श्रेष्ठले बताए।

‘दर्शक स्वतःस्फूर्त रूपमा निरन्तर आइरहनु भएको छ। तर, सय दिन पुग्न लागेको समयमा क्युएफएक्सले सहुलियतमा फिल्म देखाउने भनेको छ। यसमा हामीले पनि समर्थन गरेका छौँ। सय दिनसम्म ऐतिहासिक रिलिज भइरहनु नेपाली फिल्मको लागि सुखद कुरा हो,’ उनले भने।

फिल्म प्रदर्शनको आज ९२ दिनमा चलिरहेको छ। क्युएफएक्स सिनेमाजअन्तर्गत सामाखुसीको सिटी स्क्वायर मलमा फिल्मको सो छ।

मिलन चाम्सले निर्देशन फिल्म वर्ष २०८१ को व्यापारिक आँकडामा उत्कृष्ट पाँच भित्र परिसकेको छ। हालसम्म फिल्मले १२ करोड माथिको व्यापार गरिसकेको निर्माता श्रेष्ठले बताए।

फिल्मको कथा राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ। एञ्जिला स्यंले मुख्य अभिनय गरेको फिल्ममा दयाहाङ राई, सिर्जना सुब्बा, विजय बराल, माओत्से गुरुङ, प्रेमकुमार श्रेष्ठ लगायत कलाकारको अभिनय छ।

प्रकाशित: २९ जेठ २०८२ ११:५६ | Thursday, June 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast