ताइवानको पूर्वी तटमा ६.४ म्याग्निच्युडको भूकम्प गएको छ। ताइवानको केन्द्रीय मौसम प्रशासनले भूकम्पको केन्द्रबिन्दु ३०.९ किलोमिटर गहिराइमा रहेको बताएको छ। रोयटर्सका अनुसार अहिलेसम्म कुनै ठूलो क्षतिको रिपोर्ट आएको छैन।
अमेरिकी भूगर्भ सर्वेक्षणले भूकम्प ५.९ म्याग्निच्युडको रहेको र केन्द्रबिन्दु हुआलियन शहरबाट लगभग ७१ किलोमिटर दक्षिणमा रहेको बताएको छ। भूकम्प आउनुभन्दा ठीक अघि मोबाइल फोनमा अलार्म बज्यो र भवनहरू लगभग एक मिनेटसम्म हल्लिएका थिए ।
प्रकाशित: २९ जेठ २०८२ ११:४२ | Thursday, June 12, 2025
प्रतिक्रिया





