पर्सामा कार दुर्घटनामा परी एकको मृत्यु, तीन घाइते

हिमाल प्रेस २५ जेठ २०८२ १८:२६
12
SHARES
पर्सामा कार दुर्घटनामा परी एकको मृत्यु, तीन घाइते

वीरगञ्ज– कार दुर्घटना हुँदा पर्सामा एक जनाको मृत्यु र तीन जना घाइते भएका छन्।

वीरगञ्ज महानगर–१४ पिपरा रेनुका पेट्रोल पम्पनजिक गण्डकबाट बसपार्कतर्फ जाँदै गरेको बीआर ५५ बी ९१०४ नम्बरको कार अनियन्त्रित भएर दुर्घटना भएको हो।

दुर्घटनामा भारतको बेतिया नरकटियागञ्ज स्थायी घर भएका ३० वर्षीय बिटु सर्राफको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय प्रमुख, प्रहरी नायब उपरीक्षक सुवास भट्टले दुर्घटनामा चारै जना घाइते भएकामा उपचारका लागि एलएस न्यूरो अस्पताल बारा पठाइएको र एकको मृत्यु भएको जानकारी दिए।

कार चालक गणेश सर्राफसहित त्यसमा सवार अन्य दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: २५ जेठ २०८२ १८:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast