तनहुँमा एकल महिलालाई ७५ प्रतिशत अनुदानमा बाख्रा

हिमाल प्रेस २४ जेठ २०८२ १०:४४
14
SHARES
तनहुँमा एकल महिलालाई ७५ प्रतिशत अनुदानमा बाख्रा

तनहुँ- तनहुँको म्याग्दे गाउँपालिकाले एकल महिलालाई ७५ प्रतिशत अनुदानमा बाख्रा वितरण गरेको छ। गाउँपालिकाभित्रका एकल महिलालाई आयआर्जनमा जोड्ने उद्देश्यसहित गाउँपालिकाले बाख्रा वितरण गरेको हो।

गाउँपालिकाभित्रका सातवटा वडाका चार-चार एकल महिला छनोट गरी प्रत्येकलाई एक-एक वटाका दरले बाख्रा वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए।

उनका अनुसार पालिकाभित्र एकल महिलाको संख्या चार सय ५२ जना रहेकामा निम्न आय भएका २८ जना महिला छनोट गरी बाख्रा वितरण गरिएको जानकारी दिए।

उनले भने,‘एकल महिलालाई आयआर्जनमा जोड्ने उद्देश्यसहित बाख्रापालनतर्फ प्रोत्साहन गरेका हौँ। यसले उहाँहरूलाई आत्मनिर्भर बन्न सहयोग पुग्नेछ।’ बाख्रा खरिदका लागि पालिकाले प्रतिमहिला १२ हजार सहयोग गरेको अधिकारीले बताए।

गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले एकल महिलालाई बाख्रा वितरणका लागि पालिकाले तीन लाख बजेट विनियोजन गरेको जानकारी दिए। उनले एकल महिलालाई आर्थिक रूपमा सशक्त बनाउन र जीविकोपार्जनमा सहयोग पुर्‍याउने उद्देश्यसहित बाख्रा वितरण गरिएको बताए।

एकल महिला सिर्जना विकले पालिकाले अनुदानमा बाख्रा वितरण गरेकाले बाख्रापालनतर्फ आत्मनिर्भर बन्ने प्रयास गर्ने बताए। उनले भने,‘यसले बाख्रापालनतर्फ अगाडि बढ्न प्रोत्साहित गरेको छ।’

प्रकाशित: २४ जेठ २०८२ १०:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast