आइतबारदेखि संसद चल्छ : बर्तौला

हिमाल प्रेस २३ जेठ २०८२ १७:०५
30
SHARES
आइतबारदेखि संसद चल्छ : बर्तौला महेश बर्तौला /फाइल तस्बिर

काठमाडौँ– नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले संवाद र सहकार्यबाटै सदनको गतिरोध अन्त्य गर्न प्रयासरत रहेको बताएका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठक स्थगित भएपछि संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले सदनलाई पेलेरै अघि बढाउने पक्षमा आफूहरु नरहेको भन्दै संवाद र सहकार्यबाटै सदनको गतिरोध अन्त्य गर्न प्रयासरत रहको बताएका हुन्।

भिजिट भिसा प्रकरणमा दलहरुबीच संवाद जारी रहेकाले सहमतिमै शुक्रबार सूचना टाँस गरी सदन स्थगित गरिएको उनले बताए। बर्तौलाले दलहरुबीच भएका छलफलहरु सकारात्मक ढंगले अघि बढेकाले आइतबारको सदन बैठक अवरुद्ध नहुने विश्वास व्यक्त गरे।

भिजिट भिसा प्रकरणमा छानविन समिति बनाउनुपर्ने विपक्षीको मागका विषयमा बर्तौलाले कुनै पनि संवैधानिक निकायलाई कमजोर बनाउने काम गर्न नहुने धारणा राखे। राज्यका संवैधानिक निकायहरुमाथि अविश्वास गर्न थाले उनीहरु कमजोर हुँदै जाने उनको भनाइ छ।

बर्तौलाले संवैधानिक निकायहरुलाई स्वतन्त्र रुपमा काम गर्न सक्ने वातावरण बनाउँदै लैजानुपर्नेमा जोड दिए।

प्रकाशित: २३ जेठ २०८२ १७:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast