पतञ्जलि प्रकरणमा सरकारलाई दोष लगाउनु उचित होइन : मन्त्री गुरुङ

हिमाल प्रेस २३ जेठ २०८२ १५:३२
20
SHARES
पतञ्जलि प्रकरणमा सरकारलाई दोष लगाउनु उचित होइन : मन्त्री गुरुङ

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पतञ्जलि जग्गा प्रकरणमा अख्तियारले गरेको कामकारबाहीमा सरकारलाई दोष लगाउनु उचित नभएको बताएका छन्।

शुक्रबार बिराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री गुरुङले सरकार अधिनायकवादी हुन्छ भनेर नै संवैधानिक निकायहरु बनाइने गरिएको उल्लेख गर्दै अख्तियारले आफ्नो अधिकार प्रयोग गरेर कानुनी प्रक्रिया शुरु गरेकोले यसलाई प्रतिशोध भन्नु गलत भएको समेत बताए।

सरकारले फाइल खोल्ने भनेर कतै नभनेको र अहिले पनि अख्तियारले आफ्नो संवैधानिक अधिकार प्रयोग गरेको उनको भनाइ छ। त्यस्तै उनले भिजिट भिसा प्रकरणमा कुनै कर्मचारीले गलत गर्दैमा गृहमन्त्रीको राजीनामा माग्नु उपयुक्त नहुने बताए। यस विषयमा बिपक्षी दलले प्रतिशोधको राजनीति गरिरहेको उनले बताए।

मन्त्री गुरुङले निजामती सेवा ऐन तथा शिक्षा विधेयक सदन अवरुद्ध भएकाले टेबल हुन नसकेको बताउँदै चालु बजेट अधिवेशनबाटै यो दुवै विधेयक पास हुने विश्वास व्यक्त गरे।

प्रकाशित: २३ जेठ २०८२ १५:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast