 
                             
                                            काठमाडौँ- फिल्म ‘लाज शरणम्’ प्रदर्शनको १०० औँ दिनमा प्रवेश गरेको छ। गत वर्ष फागुन १४ देखि प्रदर्शनरत फिल्मले काठमाडौँको न्युरोडस्थित रञ्जना सिनेप्लेक्समा प्रदर्शनको सय दिन पूरा गरेको निर्माता नवीन श्रेष्ठले जानकारी दिए।
उनले भने, ‘पहिलो फिल्ममा पाएको मायाप्रति म निकै आभारी छु। समसामयिक विषयलाई समेटेर फिल्म निर्माण गरेकै कारण दर्शकले रुचाउनुभयो, यसले हौसला र दायित्व दुवै थपेको छ। आगामी दिनमा थप राम्रो गर्ने प्रयास हुनेछ।’
अन्य हलमा पहिले नै फिल्म उत्रिसके पनि रञ्जना सिनेप्लेक्सले दैनिक एक सो दिइरहेको छ।
फिल्ममा सीताराम कट्टेल, विजय बराल, अर्पण थापा, महेश त्रिपाठी, मुकुन्द श्रेष्ठ, विजय लामा, रेणुनाथ योगी, सागर लम्साल, हरि निरौला, अर्जुन घिमिरे, कमलमणि नेपाल, प्रियाना आचार्य, दयाहाङ राई र बुद्धि तामाङलगायतको अभिनय छ। फिल्म कुमार कट्टेल (जिग्री) ले चलचित्रमा निर्देशन गरेका हुन्।
निर्माता श्रेष्ठले ‘लाज शरणम्’ को सिक्वेल पनि निर्माणको तयारी भइरहेको जानकारी दिए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 