पृथ्वी जयन्तीमा बिदा दिएर सरकारले नयाँ संस्कार सुरु गरेको छ : लिङ्देन

हिमाल प्रेस २८ पुष २०७९ १७:१४ | Thursday, January 12, 2023
पृथ्वी जयन्तीमा बिदा दिएर सरकारले नयाँ संस्कार सुरु गरेको छ : लिङ्देन

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी दिनमा पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसलाई सरकारले उत्सवका रूपमा मनाउने बताएका छन्। ३०१ औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा नेपाल प्राज्ञिक परिषद्ले बिहीबार काठमाडौँमा आयोजना गरेको विचार गोष्टिमा लिङ्देनले यस्तो बताएका हुन्।

पृथ्वीजयन्तीमा बिदा दिएर सरकारले नयाँ संस्कार सुरु गरेको भन्दै आगामी दिनमा सरकारले नै उत्सवका रूपमा मनाउने उनको भनाइ छ।

पृथ्वीनारायण शाहको दिव्योपदेश पढे मात्रै पनि मुलुकलाई विकास र समृद्धिको बाटोमा अघि बढाउन सकिने उनले बताए। योजनाबद्ध ढंगले नेपालको एकता र सद्भाव खण्डित गर्ने प्रयास स्वरूप नै पृथ्वीजयन्तीका विषयमा अनेक नकारात्मक बहस भइरहेको उनले जिकिर गरे।

पृथ्वीनारायण शाहले एकीकरण गरेकै कारण नेपाल विभिन्न समुदायले गौरव गर्ने देश बनेकोसमेत उनले उल्लेख गरे।

प्रकाशित: २८ पुष २०७९ १७:१४ | Thursday, January 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast