पूर्वअर्थमन्त्री डा.भट्टराईको टिप्पणी- बजेटमा संरचनात्मक परिवर्तनको अभाव

हिमाल प्रेस १६ जेठ २०८२ ६:५४ | Friday, May 30, 2025
पूर्वअर्थमन्त्री डा.भट्टराईको टिप्पणी- बजेटमा संरचनात्मक परिवर्तनको अभाव

काठमाडौँ- सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार प्रतिनिधिसभामा प्रस्तुत गरेको यो बजेट नेकपा एमाले–नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकारले ल्याएको हो।

पूर्वअर्थमन्त्री डा.बाबुराम भट्टराईले बजेटप्रति मिश्रित प्रतिक्रिया दिएका छन्। सार्वजनिक वित्त, परियोजना व्यवस्थापन र लगानी प्रवर्द्धनका क्षेत्रमा प्रस्ताव गरिएका केही ‘कस्मेटिक सुधार’ सकारात्मक रहेको बताउँदै उनले कुल बजेटमा गम्भीर संरचनात्मक रूपान्तरणको अभाव रहेको टिप्पणी गरेका छन्।

उनको भनाइमा देशको अल्पविकसित र परनिर्भर अर्थतन्त्रको गम्भीर संरचनात्मक संकटलाई सम्बोधन गर्ने गरी कृषि, उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, वित्तीय संघीयता, प्रशासन जस्ता महत्वपूर्ण क्षेत्रमा आमूल परिवर्तनको खाका बजेटमा देखिन्न।

डा.भट्टराईले नेपालको अर्थतन्त्रलाई केही दशकभित्र दुई अंकको आर्थिक वृद्धिदर हासिल गराउने तथा उन्नत अर्थतन्त्रतर्फ लैजाने दृष्टिकोण बजेटमा नरहेको बताए। त्यसैले, यो बजेट अघिल्ला वर्षका जस्तै केवल निरन्तरताको दस्तावेज बनेको उनको टिप्पणी छ।

प्रकाशित: १६ जेठ २०८२ ६:५४ | Friday, May 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast