एचआईडीसीएलको प्रमुख कार्यकारी अधिकृतमा थापा

हिमाल प्रेस १५ जेठ २०८२ २२:२१ | Thursday, May 29, 2025
एचआईडीसीएलको प्रमुख कार्यकारी अधिकृतमा थापा प्रजेशविक्रम थापा

काठमाडौँ- हाइड्रोलेक्ट्रिसिटी एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को प्रमुख कार्यकारी अधिकृतमा प्रजेशविक्रम थापा छनोट भएका छन्। कम्पनीको सीईओ नियुक्त गर्न गठित उपसमितिको सिफारिसका आधारमा उनलाई प्रमुख कार्यकारी अधिकृतमा छनोट गरेको हो।

कम्पनीको सञ्चालक समिति बैठकको निर्णयअनुसार योग्यताका क्रममा आधारमा थापालाई छनोट गरिएको प्रमुख कार्यकारी अधिकृत सुनिल पौडेलले जनाएका छन्।

थापा यसअघि चिलिमे इन्जिनियरिङ कम्पनी प्रमुख कार्यकारी अधिकृत थिए। यसैगरी उनीसँग सान्जेन जलविद्युत् कम्पनीको सिनियर कन्ट्र्याक्ट म्यानेजर भएर काम गरेको अनुभव छ।

प्रकाशित: १५ जेठ २०८२ २२:२१ | Thursday, May 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast