‘मेड इन नेपाल र मेक इन नेपाल’ कार्यक्रम सञ्चालन गरिने, पर्यटन मन्त्रालयका लागि १३ अर्ब २८ करोड विनियोजन

हिमाल प्रेस १५ जेठ २०८२ १६:१० | Thursday, May 29, 2025
‘मेड इन नेपाल र मेक इन नेपाल’ कार्यक्रम सञ्चालन गरिने, पर्यटन मन्त्रालयका लागि १३ अर्ब २८ करोड विनियोजन

काठमाडौँ- सरकारले आगामी आर्थिक वर्षका लागि औद्योगिक पूर्वाधारका लागि १ अर्ब ५५ करोड बजेट विनियोजन गरेको छ।

बिहीबार संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले औद्योगिक पूर्वाधारका लागि १ अर्ब ५५ करोड बजेट विनियोजन गरिएको जानकारी दिए।

उनले निजी क्षेत्रको सहकार्यमा ‘मेड इन नेपाल र मेक इन नेपाल’ कार्यक्रम सञ्चालन गरिने बताए। जग्गा प्राप्ति र हदबन्दीसम्बन्धी कानुन पुनरावलोकन गरिने उनले बताए।

अर्थमन्त्री पौडेलले लगानी बोर्डका लागि ७४ करोड बजेट विनियोजन गरिएको जानकारी दिए। उनले पाल्पा, सुनसरी र दाङमा पेट्रोलियम पदार्थको अन्वेषण गरिने बताए।
बौद्धिक सम्पत्तिको संरक्षण कानुनमा सुधार गरिने उनले बताए।

त्यस्तै सरकारले पर्यटन मन्त्रालयका लागि १३ अर्ब २८ करोड विनियोजन गरेको छ। आगामी आर्थिक वर्षभित्र हवाई उद्योगलाई कालोसूचीबाट निकालिने अर्थमन्त्री पौडेलले बताए।

पर्यटकीय गन्तव्यको विकासमा निजी क्षेत्रको लगानी आकर्षित गरिने बताउँदै उनले प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यमा पूर्वाधार विकास गरिने जानकारी जानकारी दिए।
अर्थमन्त्री पौडेलले आन्तरिक विमानस्थलको पूर्वाधार विकासमा बजेट विनियोजन गरिएको बताए।

प्रकाशित: १५ जेठ २०८२ १६:१० | Thursday, May 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast