काठमाडौँ- अब कृषकले बाली रोप्नुभन्दा १५ दिनअघि नै समर्थन मूल्यको जानकारी पाउने भएका छन्। आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सरकारले यस्तो व्यवस्था गर्ने घोषणा गरेको हो।
संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी वर्षको बजेट प्रस्तुत गर्दै यो नयाँ नीति सार्वजनिक गरेका हुन्। उनका अनुसार कृषकले समयमै मूल्य जानकारी पाएर बाली उत्पादनमा सहजता पाउनेछन्।
सरकारले रासायनिक मल आपूर्तिलाई पनि प्राथमिकतामा राख्दै आगामी वर्ष ६ लाख मेट्रिक टन मल उपलब्ध गराउने लक्ष्य लिएको छ। यसका लागि २८ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको अर्थमन्त्री पौडेलले जानकारी दिए।
बजेटमा रासायनिक मल कारखाना स्थापनाको तयारी अघि बढाइने उल्लेख गरिएको छ।
प्रकाशित: १५ जेठ २०८२ १५:४१ | Thursday, May 29, 2025
प्रतिक्रिया



