१ बजे प्रतिनिधिसभा बैठक, ३ बजे बजेट ल्याइदै

हिमाल प्रेस १५ जेठ २०८२ ७:०७ | Thursday, May 29, 2025
१ बजे प्रतिनिधिसभा बैठक, ३ बजे बजेट ल्याइदै

काठमाडौँ- संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक साढे १ बजेका लागि बोलाइएको छ।

बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ।

संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार बिहीबार दिउँसो १ः३० बजे अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्नेछन्। सोही दिन दिउँसो १ः४५ बजे अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण पेस गर्ने र दिउँसो ३ बजे बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

३ बजे बस्ने राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णप्रसाद पौडेलले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

नेपालको संविधानअनुसार जेठ १५ गते अर्थमन्त्रीले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा बजेट पेस गर्ने व्यवस्था छ ।

प्रकाशित: १५ जेठ २०८२ ७:०७ | Thursday, May 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast