एकीकृत समाजवादी प्रवेश गर्दै घनश्याम भुसाल

हिमाल प्रेस २८ पुष २०७९ १३:०० | Thursday, January 12, 2023
एकीकृत समाजवादी प्रवेश गर्दै घनश्याम भुसाल

काठमाडौँ- चुनाव ताका नेकपा एमाले छाडेका घनश्याम भुसाल एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन्। गएको प्रतिनिधिसभा तथा प्रदेशभा निर्वाचनमा एमालेबाट उम्मदेवार बन्न नपाएसँगै एमाले छाडेका उनी समाजवादी प्रवेश गर्न लागेका हुन्।

भुसाल रुपन्देही १ मा स्वतन्त्ररुपमा प्रतिनिधिसभामा उम्मेदवार बनेका थिए। तत्काल पाँच दलको गठबन्धनको साथ पाए पनि उनले चुनाव हारे।

समाजवादी स्रोतका अनुसार उनी केही दिनमै प्रवेश गर्ने छन्। केही दिनअघि मात्रै भुसालले समाजवादी प्रवेश गर्न विभिन्न शर्त राखेका थिए। उनका शर्तमा वाम एकता गर्नुपर्ने, संविधान बचाउन अग्रसरता देखाउनु पर्ने विभिन्न माग राखेका थिए।

भुसालको माग पूरा गर्ने समाजवादीले बताएसँगै उनी प्रवेश गर्ने भएका छन्। भुसालका मागप्रति आफूहरू सकारात्मक रहेको भन्दै समाजवादीका महासचिव वेदुराम भुसालले पत्र पठाएका थिए।
महासचिव भुसालले लेखेको पत्रमा ‘एमालेको नवौँ महाधिवेशनप्रति समाजवादी प्रतिवद्ध रहेको’ जनाएका थिए।

यस्तै भुसाललाई अहिले कुन पद दिने भन्ने समाजवादी एकिन छैन।

प्रकाशित: २८ पुष २०७९ १३:०० | Thursday, January 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast