गभर्नर पौडेलविरूद्ध सर्वोच्चमा रिट पेस

हिमाल प्रेस ९ जेठ २०८२ १६:४०
30
SHARES
गभर्नर पौडेलविरूद्ध सर्वोच्चमा रिट पेस नेपाल राष्ट्र बैंकमा बुधबार गभर्नर पद सम्हाल्दै डा. विश्व पौडेल। तस्बिर : रासस

काठमाडौँ- राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको नियुक्ति खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट पेस भएको छ।

योग्यता नपुगेको व्यक्तिलाई गभर्नर नियुक्त गरेको भन्दै अधिवक्ताहरू अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले सर्वोच्चमा रिट दिएका हुन्।

रिट निवेदन दर्ता प्रक्रियाका लागि छलफलमा रहेको सर्वोच्च प्रशासनले जनाएको छ।

गभर्नर बन्न पौडेलको योग्यता नपुगेको भन्दै उनको नियुक्ति बदरको माग गरिएको रिट सरकार र गभर्नर सिफारिस समितिलाई विपक्षी बनाइएको छ।

सरकारले जेठ ६ गते राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको थियो।

प्रकाशित: ९ जेठ २०८२ १६:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast