सुनको मूल्य एक लाख ९१ हजार ५०० रुपैयाँ पुग्यो

हिमाल प्रेस ८ जेठ २०८२ १०:४१ | Thursday, May 22, 2025
सुनको मूल्य एक लाख ९१ हजार ५०० रुपैयाँ पुग्यो
काठमाडौँ- सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ। बुधबारदेखि पहेँलो धातुको मोल निरन्तर बढेको छ।  आज तोलामा एक हजार ७००  रुपैयाँले वृद्धि भएको छ। चाँदी पनि तोलामा ३५ रुपैयाँ ले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९१ हजार ५०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी दुई हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔँस सुन तीन हजार ३५५ डलरमा कारोबार भइरहेको छ।
प्रकाशित: ८ जेठ २०८२ १०:४१ | Thursday, May 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast