काठमाडौँ- गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छाडेको छ। बुधबार दिउँसो पक्राउ परेका उनलाई अख्तियारले बिहीबार आफैँ उपस्थित हुने शर्तमा रिहा गरेको अख्तियारका एक अधिकारीले बताए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट भिजिट भिसामा नेपालीलाई पठाउन गिरोहसँग मिलेको आरोपमा अख्तियारले उनलाई पक्राउ गरेको ती अधिकारीले जानकारी दिए। यही सन्दर्भमा गृह मन्त्रालयको सूचना अधिकारी बोलेको बताउँदै समाचारको वास्तविकता खोजेका थिए।
* शीर्षकमा भूलवश अन्यथा भएकाले सच्याइएको छ
प्रकाशित: ८ जेठ २०८२ ६:११ | Thursday, May 22, 2025
प्रतिक्रिया





