पृथ्वी जयन्तीमा बिदा दिएर सरकारले राम्रो काम गर्‍यो : केपी ओली

हिमाल प्रेस २७ पुष २०७९ १८:१२ | Wednesday, January 11, 2023
पृथ्वी जयन्तीमा बिदा दिएर सरकारले राम्रो काम गर्‍यो : केपी ओली फाइल तस्बिर

काठमाडौँ- सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले पृथ्वी जयन्तिमा सार्वजनिक बिदा दिने निर्णय गरेर राम्रो गरेको बताएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीले बुधबार पृथ्वीनारायण शाहको जयन्तिको अवसर पारेर काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रमपछि उनले सञ्चारकर्मी माझ यस्तो प्रतिक्रिया दिएका हुन्।

अध्यक्ष ओलीले नेपालको एकीकरण गरेर पृथ्वीनारायण शाहले सिंगो नेपाललाई एकताबद्ध गरेको इतिहास भुल्न नहुने बताए। ‘पृथ्वीनारायण शाहले देशलाई एकीकरण गर्ने सन्दर्भमा जुन अगुवाई गर्नु भयो। जुन नेतृत्व गर्नु भयो। र, देश एकीकृत भयो। एकीकरण भयो। एउटा देश भयो। नेपाल भयो,’ उनले भने, ‘हामी नेपाली भयौं। त्यसकारण पृथ्वीनारायण शाहको जन्मदिनको खुसीयालीमा सरकारले बिदा दियो । पहिलो पटक होला यो सन्दर्भमा।’

सरकारले बुधबार पृथ्वी जयन्तिको अवसर पारेर सार्वजनिक बिदा दिएको थियो। सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई विश्वासको मत दिन पृथ्वी जयन्तिमा सरकारले सार्वजनिक बिदा दिनुपर्ने शर्त राखेको थियो।

प्रकाशित: २७ पुष २०७९ १८:१२ | Wednesday, January 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast