कोशी प्रदेशसभा : नीति तथा कार्यक्रममाथि छलफल

हिमाल प्रेस ६ जेठ २०८२ १८:३५ | Tuesday, May 20, 2025
कोशी प्रदेशसभा : नीति तथा कार्यक्रममाथि छलफल फाइल तस्बिर

विराटनगर- कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख परशुराम खापुंगले साेमबार प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ।

छलफलका क्रममा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम परम्परागत भएको टिप्पणी गरे। उनले आफूहरु प्रतिपक्षको भूमिकामा रहेपनि सरकारलाई रचनात्मक सहयोग गर्ने बताए।

नेता आङ्बोले सरकारले नीति तथा कार्यक्रममा कुनै क्षेत्रलाई प्राथमिकतामा नराखेकाले सरकारले बनाउने बजेट वितरणमुखी हुने सम्भावना बढेको बताए। उनले गरिबी निवारण, रोजगारी सिर्जना, बसाइँसराइका विषयमा राम्रो अवधारणा नआएको बताए।

कोशी प्रदेशसभा सदस्य इस्राइल मन्सुरी, किशोरचन्द्र दुलाल र खिनु लङ्वा लिम्बूले नीति तथा कार्यक्रमको समर्थन गर्दै सरकार जनताप्रति उत्तरदायी रहेको, प्रदेशप्रति जनताको आस्था बढ्ने र नीति तथा कार्यक्रम सन्तुलित रहेकाले प्रदेशको उत्रति हुने विश्वास व्यक्त गरेका थिए।

छलफलमा भाग लिँदै गीता तिमिल्सिना र प्रेमराज थाम्साङले नीति तथा कार्यक्रमको आलोचनात्मक टिप्पणी गरे।

बैठकको शून्य समयमा मुलुकको समसामयिक विषयमा सबीना बजगाँइ, गोपालबहादुर विश्वकर्मा, खगेश्वरी पौडेल, मीना श्रेष्ठ, इन्द्रमणि पराजुली, शीलादीक्षित कार्की, रमेशकुमार बस्नेत, शोभा चेम्जोङ र कमलप्रसाद जबेगुले बोलेका थिए।

प्रदेशसभाको अर्को बैठक यही जेठ ७ गते दिउँसो १ बजे बस्नेछ।

प्रकाशित: ६ जेठ २०८२ १८:३५ | Tuesday, May 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast