कर्णालीको तेस्रो मुख्यमन्त्रीमा माओवादी केन्द्रका शर्मा नियुक्त

हिमाल प्रेस २७ पुष २०७९ १७:५३ | Wednesday, January 11, 2023
कर्णालीको तेस्रो मुख्यमन्त्रीमा माओवादी केन्द्रका शर्मा नियुक्त

सुर्खेत- कर्णाली प्रदेशको तेस्रो मुख्यमन्त्रीका लागि नेकपा माओवादी केन्द्रका राजकुमार शर्मा नियुक्त भएका छन्। प्रदेश प्रमुख तिलक परियारले शर्मालाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीका लागि दाबी गर्न दलहरूलाई आह्वान  गरेका थिए। नेकपा एमाले, राप्रपा र नेकपा एकीकृत समाजवादीसहितको समर्थनमा शर्माले मुख्यमन्त्रीको दाबी पेस गरेका हुन्।

कर्णाली प्रदेशमा माओवादीका १३, एमालेका १०, राप्रपाका १ र समाजवादीका १ जना सांसद रहेका छन्।कुल ४० सदस्यीय प्रदेश सभामा बहुमतका लागि २१ सिट आवश्यक हुन्छ।

शर्मालाइ माओवादी, एमाले, राप्रपा र समाजवादी गरी २५ सांसदको समर्थन रहेको छ। कर्णालीमा कुनै दलको स्पष्ट नहुँदा ४ दलको सर्मथनमा माओवादी केन्द्रका नेता शर्माले मुख्यमन्त्रीमा दाबी गरेका हुन्। उनलाई नेकपा एमाले, राप्रपा, एकीकृत समाजवादीका २५ सांसदले समर्थन गरेका छन्।

शर्मालाई माओवादी केन्द्रका १३, एमालेका १०, एकीकृत समाजवादी १, राप्रपाका १ गरी २५ सांसदले हस्ताक्षर गरेका छन।माआवादी पोलिटब्यूरो सदस्य रहेएका शर्मा रुकुम पश्चिम प्रदेशसभा २ बाट निर्वाचित भएका हुन्।

प्रकाशित: २७ पुष २०७९ १७:५३ | Wednesday, January 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast