गृहमन्त्री लेखक भन्छन्- सुशासन कायम गर्न सूचनाको हक आवश्यक

हिमाल प्रेस ६ जेठ २०८२ १४:४७ | Tuesday, May 20, 2025
गृहमन्त्री लेखक भन्छन्- सुशासन कायम गर्न सूचनाको हक आवश्यक

काठमाडौँ- गृहमन्त्री रमेश लेखकले सूचनाको हक पारदर्शिताका लागि आवश्यक रहेको बताएका छन्। उनले पारदर्शिता र पारदर्शितामार्फत सुशासन कायम गर्न पनि सूचनाको हक आवश्यक रहेको धारणा बताए। राष्ट्रिय सूचना आयोगले आज आयोजना गरेको मन्त्रालयस्तरीय सूचना अधिकारीहरूसँग अन्तर्क्रिया कार्यक्रमलाई उनले संविधानमा सूचनाको हकलाई मौलिक हकका रूपमा राखिएको बताए।

‘सूचना दिने हाम्रो कर्तव्य हो, सूचना प्राप्त गर्ने नागरिकको कर्तव्य हो, सूचनाको हक भन्ने बित्तिकै जे सूचना माग्यो त्यही दिनुपर्छ भन्ने छैन’, उनले भने, ‘कतिपय सूचना गोपनीयतासँग जोडिएका हुन्छन् ती सूचना दिन जरुरी हुँदैन,शान्ति सुरक्षा र मुलुकको प्रतिरक्षासँग जोडिए सूचना हुन्छन्, वैदेशिक सम्बन्ध र कूटनीतिक सम्बन्धसँग जोडिएका हुन्छन्, अब ती सूचना पारदर्शिताका नाममा, सुशासनका नाममा सारा सूचना दिइ छाड्ने हो भने पनि मुलुकलाई थितिमा बसाउँदैन।’

उनले मुलुकको प्रतिरक्षासँग जोडिएकाले पारदर्शिता, सुशासनको नाममा सबै सूचना दिँदा मुलुक थितिमा बस्न नसक्ने बताए। ‘संविधानको व्यवस्थालाई सन्तुलित, विस्तारित र समग्रतामा बुझ्न जरुरी हुन्छ, सूचना नलुकाइकन दिन पनि आग्रह गर्दछु’, मन्त्री लेखकले भने,‘गोपनीयतासँग जोडिएका सूचना दिन जरुरी हुँदैन, सूचना लुकाउनुपर्ने भए गोपनीयताको यस कारण दिन सकिएन भन्ने कुरा स्पष्ट लेखेर दिनुपर्छ।’

प्रकाशित: ६ जेठ २०८२ १४:४७ | Tuesday, May 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast