मन्त्रिपरिषद् बैठक ५ बजे, गभर्नर नियुक्तिको सम्भावना

हिमाल प्रेस ६ जेठ २०८२ १४:०८ | Tuesday, May 20, 2025
मन्त्रिपरिषद् बैठक ५ बजे, गभर्नर नियुक्तिको सम्भावना

काठमाडौँ- मन्त्रिपरिषद्को बैठक साँझ ५ बजेका लागि डाकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा गभर्नर नियुक्त हुने सम्भावना रहेको स्रोतले बतायो।

यसअघि अर्थमन्त्री विष्णु पौडेलले गभर्नर नियुक्ति सिफारिस समितिको बैठक डाकेका छन्। समितिले सिफारिस गरेका विज्ञमध्ये मन्त्रिपरिषद् बैठकले एकजनालाई गभर्नर नियुक्त गर्नेछ। चैत २४ गतेदेखि नेपाल राष्ट्र बैंक गभर्नरविहीन छ।

यसअघि प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए। त्यसलगत्तै ओलीले साँझ ५ बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्।

प्रकाशित: ६ जेठ २०८२ १४:०८ | Tuesday, May 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast