मिटर ब्याजपीडितलाई न्याय दिन सुमना श्रेष्ठको आग्रह

हिमाल प्रेस ६ जेठ २०८२ १३:१७
12
SHARES
मिटर ब्याजपीडितलाई न्याय दिन सुमना श्रेष्ठको आग्रह सुमना श्रेष्ठ

काठमाडौँ- रास्वपा सांसद सुमना श्रेष्ठले मिटर ब्याज पीडितको समस्या समाधान गरी समयमा नै न्याय दिन सरकारको ध्यानाकर्षण गराएकी छन्।

प्रतिनिधिसभा बैठकको मंगलबार शून्य समयमा बोल्दै सांसद श्रेष्ठले मिटर ब्याजपीडितको समस्या समाधानका लागि विभिन्न आयोग बने पनि त्यसका प्रतिवेदन कार्यान्वयन नभएको भन्दै पीडितको समस्या समाधान गरी समयमै न्याय दिन सरकारको ध्यानाकर्षण गराएकी छन्।

श्रेष्ठेले सर्वोच्चका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन भएको मिटर ब्याजसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन र पूर्वन्यायाधीश तेजबहादुर कार्कीको आयोगले बनाएको कार्यविधि स्वीकृत भए ८० प्रतिशत मिटर ब्याजपीडितको समस्या समाधान हुने बताइन्।

यसका लागि आफ्नो-अर्को नभनी सबैमाथि अनुसन्धान हुनुपर्ने उनको भनाइ छ। श्रेष्ठले आयोगमाथि आयोग बनाउने र पीडितको समस्या गिजोलिरहने राज्यको नीति सही नभएको धारणा राखे।

उनले राज्यले नै मिटर ब्याजपीडित आन्दोलन गर्न बाध्य पारिरहेको आरोपसमेत लगाइन्। यसअघिको आयोगलाई असफल बनाएर अहिले कामचलाउन प्रतिवेदन तयार गर्न अर्को आयोग बनाइएको उनले बताइन्। श्रेष्ठले आफ्नो पार्टीको साहुमहाजन जोगाउन पीडितमाथि राजनीति नगर्न सुझावसमेत दिइन्।

प्रकाशित: ६ जेठ २०८२ १३:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast