विद्यालय शिक्षा विधेयक : उपसमितिले बुझायो प्रतिवेदन

हिमाल प्रेस ४ जेठ २०८२ १६:२१
240
SHARES
विद्यालय शिक्षा विधेयक : उपसमितिले बुझायो प्रतिवेदन संसद्को शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्बरबहादुर थापालाई आइतबार सिंहदरबारमा प्रतिवेदन बुझाउँदै उपसमिति संयोजक छविलाल विश्वकर्मा। तस्बिर: हिमालप्रेस

काठमाडौँ- संसद्को शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिअन्तर्गतको उपसमितिले विद्यालय शिक्षा विधेयकका सम्बन्धमा छलफल गरी तयार पारेको प्रतिवेदन बुझाएको छ। उपसमितिले आइतबार प्रतिवेदन समितिका सभापति अम्बरबहादुर थापालाई बुझाएको हो।

दुईवटा विषयमा भने सहमति नजुटाई प्रतिवेदन बुझाइएको समितिका एक सदस्यले जानकारी दिए। ती सदस्यका अनुसार बालविकास कक्षा (ईसीडी) लाई कति वर्षे बनाउने भन्नेमा उपसमितिले कुनै निर्णय गर्न सकेको छैन। ‘बालविकास कक्षा मोटामोटी दुई वर्ष कायम गर्ने भन्ने विषयमा सबैजसो सदस्य एकमत देखिएका छन्। तर सहमति जुटेको छैन।’ यसैगरी निजी विद्यालयलाई गुठीमा कति वर्षपछि लैजाने भन्ने विषयमा पनि सहमति नजुटेको ती सदस्यले बताए।

समितिले सांसद छविलाल विश्वकर्माको संयोजकत्वमा चैत ८ गते उपसमिति गठन गरेको थियो। सोही उपसमितिले विधेयकमा दफावार छलफल गरी प्रतिवेदन तयार पारेको हो।

अब उपसमितिले तयार पारेको प्रतिवेदनबारे समितिमा छलफल हुनेछ। त्यसपछि समितिले विधेयक प्रतिनिधिसभामा पेस गरिनेछ। विद्यालय शिक्षा विधेयक पारित नहुँदा चैत २० गतेदेखि शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलन गरेका थिए।

प्रकाशित: ४ जेठ २०८२ १६:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast