श्रमिक शान्ति र प्रभात माविमा १५० विद्यार्थीलाई अपाङ्गतासम्बन्धी चेतना प्रदान

हिमाल प्रेस २ जेठ २०८२ ५:५९ | Friday, May 16, 2025
श्रमिक शान्ति र प्रभात माविमा १५० विद्यार्थीलाई अपाङ्गतासम्बन्धी चेतना प्रदान

ललितपुर- बागमती प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत सामाजिक विकास कार्यालय, ललितपुरको सहयोग तथा अपाङ्गता सशक्तिकरण समाज नेपालको आयोजनामा ललितपुरका दुई सामुदायिक विद्यालयमा अपाङ्गता अधिकार तथा समावेशी शिक्षासम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ।

श्रमिक शान्ति माध्यमिक विद्यालय र प्रभात माध्यमिक विद्यालयमा सम्पन्न उक्त कार्यक्रममार्फत १५० जना विद्यार्थीहरूलाई अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, समावेशी शिक्षा, सहानुभूति र समान व्यवहारबारे जानकारी प्रदान गरिएको थियो।

कार्यक्रमको सहजीकरण संस्थाका अध्यक्ष टेकनाथ न्यौपाने, कार्यसमिति सदस्य सुमन घिमिरे, महासचिव ई. कृष्ण महर्जन र कार्यक्रम सहयोगी कुञ्जन काफ्लेले गरेका थिए।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले अपाङ्गता भएका व्यक्तिहरूप्रति चासो प्रकट गर्दै आदरभाव व्यक्त गरेका थिए। उनीहरूले समावेशी शिक्षाको महत्वलाई बुझ्न पाएर यस्ता कार्यक्रमले सोचमा सकारात्मक परिवर्तन ल्याएको प्रतिक्रिया दिएका छन्।

प्रकाशित: २ जेठ २०८२ ५:५९ | Friday, May 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast