देशव्यापी भ्रमणमा ‘ऊनको स्वीटर’ टिम

हिमाल प्रेस १ जेठ २०८२ १७:१३ | Thursday, May 15, 2025
देशव्यापी भ्रमणमा ‘ऊनको स्वीटर’ टिम

काठमाडौँ- प्रदर्शनरत फिल्म ‘ऊनको स्वीटर’ लाई दर्शकले रुचाएका छन्। पाँचौं दिनमा पनि हलमा दर्शकको उपस्थिति सन्तोषजनक रहेको वितरकले जानकारी दिएको छ। देशभर ३ सय ५० सो सहित फिल्म चलिरहेको छ तर वितरकले फिल्मको व्यापारबारे खुलाएको छैन।

फिल्ममा समावेश ‘चाइनेजो जिन्दगानीमा’ बोलको गीत पनि दर्शकले अत्याधिक रुचाएका छन्। गीत चर्चित बनेको छ। अन्य गीत ‘फूल’, ‘मखमली’ र ‘काफ्ले’ निकै चर्चा पायाे।

यतिबेला फिल्मका टिम काठमाडौँ उपत्यकाका हलहरूमा दर्शकमाझ साक्षात्कार गरिरहेका छन्। दोस्रो सातादेखि देशव्यापी भ्रमण सुरु गर्ने निर्देशक नवीच चौहानले बताए। उनका अनुसार दमौलीबाट सुरु हुने भ्रमण पोखरा, चितवन, बुटवल, दाङ, नेपालगञ्ज, धनगढी, दमक, धरान, विराटनगर र इटहरीसम्म पुग्नेछ। भ्रमणमा कलाकार विपिन कार्की, परीक्षा लिम्बु, एलेक्स पारस, गायक सुजन चापागाईँ, र निर्देशक स्वयं सहभागी हुनेछन्।

नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको ‘ऊनको स्वीटर’मा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर र सुनिल पोखरेलको अभिनय छ।

प्रकाशित: १ जेठ २०८२ १७:१३ | Thursday, May 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast