छायांकनमा ‘ऐरी’

हिमाल प्रेस १ जेठ २०८२ १६:२९ | Thursday, May 15, 2025
छायांकनमा ‘ऐरी’

काठमाडौँ- फिल्म ‘ऐरी’ को छायांकन सुरु भएको छ। पश्चिम बागलुङको ढोरपाटनबाट छायांकन सुरु गरेको निर्माण टिमले बताएको छ।

फिल्म जीवन थापाले निर्देशन गरिरहेका छन्। ढोरपाटनमा ४५ दिनसम्म सुट हुने फिल्म काठमाडौँ र भारतमा पनि छाया‌ंकन गरिनेछ।

फिल्ममा प्रदीप खड्का, सोनाम लामा र धीरज मगर, भुटानी अभिनेता सांगे सेल्ट्रिम र चुम दरङ सेल्ट्रिम मुख्य भूमिकामा छन्। बलिउड फिल्म ‘जवान’ मा काम गरिसकेका सांगेकाे ‘ऐरी’मा कस्तो भूमिका छ भन्ने खुलाइएको छैन। चुम दरङ प्रदीपको अपोजिटमा देखिने छन्।

करिब २५ करोडको बजेटमा बन्न लागेको हो। फिल्म नेपालीसहित हिन्दी भाषामासमेत प्रदर्शन गर्ने टिमको योजना छ। निर्देशक जीवन थापाको कम्पनी मल्टिमेटले भारतका विभिन्न वितरकहरुसँग मिलेर यो फिल्म बनाउन लागेका हुन्।

प्रकाशित: १ जेठ २०८२ १६:२९ | Thursday, May 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast