हाइस दुर्घटनामा दुईजना गम्भीर घाइते

हिमाल प्रेस ३१ वैशाख २०८२ १७:५६ | Wednesday, May 14, 2025
हाइस दुर्घटनामा दुईजना गम्भीर घाइते

पोखरा- पोखराको लामेआहालमा हाइस दुर्घटना भएको छ। दुर्घटनामा घाइते भएका ११ मध्ये दुईजना गम्भीर छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पृथ्वी राजमार्गअन्तर्गत धादिङबाट पोखरा आउँदै गरेको ग १ ज ८६३० हाइस (इलेक्ट्रिक) पोखरा ३२, लामेआहालमा बुधबार दिउँसो ३ः३० बजे दुर्घटना भएको हो।

दुर्घटनामा चालकसहित ११ जना घाइते भएका छन्। तीमध्ये २ जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी हरिबहादुर बस्नेतले बताए।

बस सडकबाट अन्दाजी ४० मिटर तल बारीमा खसेको छ। घाइतेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। तीव्र गतिमा रहेको उक्त गाडी चालकले नियन्त्रण गुमाउँदा दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धान छ।

पोखराको पुम्दीमा बुधबार नै बस दुर्घटना भएको थियो। दुर्घटनामा ५ जना गम्भीर घाइते छन्। अन्य २० भन्दा बढी यात्रुको अवस्था सामान्य छ।

प्रकाशित: ३१ वैशाख २०८२ १७:५६ | Wednesday, May 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast