बुद्धजयन्तीका लागि धपक्क लुम्बिनी (तस्बिरहरू)

विनोद परियार २८ वैशाख २०८२ २१:२७ | Sunday, May 11, 2025
बुद्धजयन्तीका लागि धपक्क लुम्बिनी  (तस्बिरहरू)

लुम्बिनी– बुद्धजयन्तीको पूर्वसन्ध्यामा बुद्धजन्मस्थल लुम्बिनी झकिझकाउ पारिएको छ। लुम्बिनी विकास कोषले मायादेवी मन्दिर परिसर विद्युतीय बत्तीले सिगारिएको हो।

विश्वभरका बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र लुम्बिनीमा बुद्ध जयन्तीको लागि भव्य तयारी गरिएको छ। मायादेवी मन्दिर परिसर, पवित्र पुष्करिणी पोखरी र वरपरका क्षेत्रहरूलाई रंगीबिरंगी बत्तीहरूले झिलिमिली पारिएको छ। विभिन्न बौद्ध स्तुपाहरू र विहारहरूलाई पनि आकर्षक ढंगले सजाइएको छ।

भोलि बुद्ध जयन्ती तथा लुम्बिनी दिवस मूल समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनेछन्। बिहान लुम्बिनीमा विशेष पूजाआजा, प्रार्थना र शान्ति र्‍यालीको आयोजना गरिने प्रचार प्रसार समिती ढुण्डीराज भट्टराईले जानकारी दिए।

देश तथा विदेशबाट हजारौँ श्रद्धालु भक्तजनहरू लुम्बिनीमा भेला हुने अनुमान गरिएको छ। श्रद्धालुहरुको सुरक्षा व्यवस्थालाई पनि कडा पारिएको छ, भक्तजनहरूले शान्तिपूर्ण वातावरणमा बुद्ध जयन्ती मनाउन सक्ने सम्पूर्ण व्यवस्था मिलाइएको भट्टराईले बताए।

प्रकाशित: २८ वैशाख २०८२ २१:२७ | Sunday, May 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast