नागरिकका निराशा चिर्नेगरी बजेटका प्राथमिकता र सिद्धान्त आएको छ : बर्तौला

हिमाल प्रेस २८ वैशाख २०८२ १८:३६ | Sunday, May 11, 2025
नागरिकका निराशा चिर्नेगरी बजेटका प्राथमिकता र सिद्धान्त आएको छ : बर्तौला नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला। फाइल तस्बिर

काठमाडौँ– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नागरिकमा देखिएका निराशाहरुलाई चिर्नेगरी बजेटका प्राथमिकता र सिद्धान्त आएको बताएका छन्।

आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले जनतामा सकारात्मक भावना जागृत गर्दै निराशाहरु चिर्ने गरी बजेटका प्राथमिकता र सिद्धान्त आएको बताएका हुन्।

उद्यमशीलताको प्रवद्र्धन, लगानीमैत्री वातावरण बनाउने विषयमा सरकारले विशेष ध्यान दिएको उनले बताए।

बर्तौलाले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई प्रोत्साहित गर्ने, वैदेशिक लगानी बृद्धि गर्दै औद्योगिकरणको विकासदेखि रोजगारी प्रवद्र्धन लगायतका पाटोलाई सरकारले विशेष ख्याल गरेको दाबी गरे। त्यस्तै सरकारले बजेटका प्राथमिकता र सिद्धान्तमार्फत सुशासनलाई प्रवद्र्धन र नागरिकका लागि राज्यले प्रदान गर्ने सेवा प्रवाहलाई प्रभावकारी बनाउन खोजेको देखिएको उल्लेख गरे।

उनले अर्थतन्त्रको सीमा र चापभित्र रहेर सरकारले खासखास योजनालाई प्राथमिकता दिनेगरी अगाडि बढाउन खोजेको बताए।

प्रकाशित: २८ वैशाख २०८२ १८:३६ | Sunday, May 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast