दक्षिण कोरियामा मौसमी कामदार पठाउने निर्णय भएको छैन : श्रम मन्त्रालय

हिमाल प्रेस २८ वैशाख २०८२ १६:४०
10
SHARES
दक्षिण कोरियामा मौसमी कामदार पठाउने निर्णय भएको छैन : श्रम मन्त्रालय

काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्षिण कोरियामा मौसमी कामदार पठाउने सम्बन्धमा कुनै निर्णय नभएको जनाएको छ। श्रम मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरेर कोरियामा मौसमी कामदार पठाउने सम्बन्धमा कुनै निर्णय नभएको स्पष्ट पारेको हो।

कोरिया मौसमी कामदारका विषयमा हालसम्म कुनै मितिमा कुनै पनि सूचना आह्वान नभएको तथा आधारहीन र तथ्यहीन विषयमा मन्त्रालयको लेटरहेड र छापको दुरुपयोग गरिएको विज्ञप्तिमा भनिएको छ।

‘नेपाल सरकार र कोरिया सरकारबीच यस्तो सम्झौता भएको र भगिनी सम्झौता कायम गरेका स्थानीय तहले मन्त्रालयमा सम्पर्क गर्नू’ भन्ने बेहोराको पत्र प्रेसित भएको भेटिएपछि मन्त्रालयले प्रष्ट पारेको हो।

भ्रम सिर्जना गर्ने काममा संलग्नमाथि कारबाही गर्न सम्बन्धित निकायमा पत्र पठाइएको मन्त्रालयले जनाएको छ।

श्रम मन्त्रालयले माघ २०८१ मा पनि मौसमी कामदार पठाउन नसकिने भन्दै विज्ञप्ति निकालेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast