‘ऊनको स्वीटर’ र ‘जार’ को साे बाँडफाँड कस्ताे छ?

हिमाल प्रेस २५ वैशाख २०८२ १२:१२
14
SHARES
‘ऊनको स्वीटर’ र ‘जार’ को साे बाँडफाँड कस्ताे छ?

काठमाडौँ- यही वैशाख २६ देखि हलमा दुई नेपाली फिल्म प्रदर्शन हुँदैछ, ‘ऊनको स्वीटर’ र ‘जार’। विभिन्न हलले बुधबारदेखि फिल्मको टिकट बुकिङ खुलाएको छ।

दुइटै फिल्मको कथा फरक/फरक कथा र विषयवस्तुमा आधारित छ। उपत्यकामा गरिएको प्रिमियरमा दुइटै फिल्मले सकारात्मक प्रतिक्रिया पनि पाएको छ। एकैदिन चल्ने फिल्मको सो बाँडफाँडमा भने आकाश जमिनको फरक देखिएको छ।

देशकै ठूलो मल्टिप्लेक्स हल क्युएफएक्स सिनेमाजले ‘जार’ लाई उपत्यकामा १३ र मोफेसलमा ११ गरी जम्मा २३ सो दिएको छ। आइएनआइ सिनेमा अन्तर्गतको लोत्से मल, एनबी सेन्टर, क्युबक्स, र सिमरा बिजनेस सेन्टरको हलमा जम्मा ८ सो छ। त्यस्तै वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीकाटी ट्रेड सेन्टरमा फिल्मको ६ सो छ। रञ्जना सिनेप्लेक्स, बिग मुभिज, सिडिसी सिनेमाजमा सो पाएको छ। फिल्मले देशैभर ५० भन्दा बढी सो पाएको टिमले जनाएको छ।

त्यस्तै, ‘ऊनको स्वीटर’ लाई  क्युएफएक्स सिनेमाजले उपत्यकामा २३ र मोफसलमा २७ गरी जम्मा ४९ सो दिएको छ। आइएनआइ सिनेमा अन्तर्गतको लोत्से मल, एनबी सेन्टर, क्युबक्स, र सिमरा बिजनेस सेन्टरको हलमा फिल्मले १७ सो पाएको छ। वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीकाटी ट्रेड सेन्टरमा ७ सो, रञ्जना सिनेप्लेक्स र बिग मुभिजमा ६/६ सो छ। फिल्मले पहिलो दिनमा सयभन्दा बढी सो पाएको छ।

फिल्म ‘जार’ साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित छ। यो उनको कथासंग्रह ‘विपना कतिपय’ मा संकलित छ। फिल्ममा तत्कालीन समयको शासन व्यवस्थाले जारलाई दिने सजायको कथा प्रस्तुत गरिएको छ। फिल्ममा सौगात मल्ल, अनूप विक्रम शाही, गीताञ्जली थापा मुख्य भूमिकामा छन्। फिल्म फुर्वा छिरिङ लामाले निर्देशन गरेका हुन्।

नवीन चौहानको लेखन र निर्देशनमा बनेको फिल्म हो ‘ऊनको स्वीटर’। चौहानले यही फिल्मबाट निर्देशनमा डेब्यु गरेका हुन्। फिल्मको कथा अन्तरजातीय प्रेम कथामा आधारित छ। फिल्ममा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बू, एलेक्स पारस, सुनिल पोखरेल, प्रेम सुब्बा, विल्सन विक्रम राई, माओत्से गुरुङ, सुरज तमूलगायत कलाकारको अभिनय छ। सेन्सर बोर्डले फिल्मलाई युनिभर्सल सर्टिफिकेट दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast