कर्मचारी र व्यवसायी कुटेको अभियोगमा पोखरा ४ का वडाध्यक्ष पक्राउ

हिमाल प्रेस २४ वैशाख २०८२ २०:५३
50
SHARES
कर्मचारी र व्यवसायी कुटेको अभियोगमा पोखरा ४ का वडाध्यक्ष पक्राउ

पोखरा– पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुली पक्राउ परेका छन्। कर्मचारी र व्यवसायी कुटेको आरोपमा उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले बुधबार पोखराको ढिकीडाँडाबाट पक्राउ गरेको हो।

कास्की प्रहरी प्रमुख श्यामबाबु ओलियाले पक्राउ परेका पराजुलीविरुद्ध अभद्र मुद्दामा म्याद थप गरी अनुसन्धान हुने बताए।

पराजुलीले मंगलबार दिउँसो पोखरा महमानगरपालिकामा कार्यरत प्रशासकीय अधिकृत ईश्वरीप्रसाद पोखरेल र पोखराको चिप्लेढुंगाका व्यवसायी लेखनाथ सुवेदीमाथि कुटपिट गरेको आरोप छ।

सुवेदीले मंगलबार नै उनीविरुद्ध प्रहरीमा उजुरी दिएका थिए। कर्मचारीमाथि हातपात भएपछि पोखरा महानगरका कर्मचारीहरु आन्दोलित बनेका थिए।

उनीहरुले बुधबार केही समय काम गरेपछि कार्यालय छोडेर बाहिरिएका थिए।
मंगलबार प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा पुगेका वडाध्यक्ष पराजुलीले पोखरेलमाथि अपशब्द प्रयोग गर्दै हातपात गरेको आरोप छ।

तालिममा कर्मचारी पठाउने विषयमा सल्लाह नगरेको भन्दै वडाध्यक्षले आक्रोशित भएर दुव्र्यवहार गरेको पोखरेलको गुनासो छ। वडाध्यक्षले घटनाका बेला मादक पदार्थ सेवन गरेको आरोप पोखरेलले लगाए।

यो घटनालाई लिएर स्थानीय तह कर्मचारी युनियन, स्थानीय तह कर्मचारी संघ, नेपाल राष्ट्रिय कर्मचारी संगठन र एकीकृत सरकारी कर्मचारी संगठनले संयुक्तरुपमा विज्ञप्ति निकालेर दोषीमाथि कारबाहीको माग गरेका छन्।

प्रकाशित: २४ वैशाख २०८२ २०:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast