
काठमाडौँ- सुनको मूल्य एकैदिन ५ हजार बढीले वृद्धि भएको छ। अघिल्लो दिन सोमबार ५ सय रुपैयाँले बढेको सुन आज ५ हजार ३०० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ५ हजार ३०० रुपैयाँले बढेर एक तोला सुनको मूल्य १ लाख ८९ हजार ९०० रुपैयाँ पुगेको छ।
सुनको भाउ बढेसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ। आज एक तोला चाँदी १९ सय ६५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।
प्रकाशित: २३ वैशाख २०८२ ११:०१
प्रतिक्रिया