मधेशमा मंगलबार सार्वजनिक बिदा

हिमाल प्रेस २१ वैशाख २०८२ १७:२०
10
SHARES
मधेशमा मंगलबार सार्वजनिक बिदा

काठमाडौँ- मधेश प्रदेश सरकारले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

जानकी प्रकाट्य दिवस (जानकी नवमी) को अवसरमा प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले शनिबार मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई टेलिफोन गरेर जानकी नवमीको अवसरमा सार्वजनिक बिदाको व्यवस्था मिलाउन आग्रह गरेका थिए।

मुख्यमन्त्री सिंहले जानकी नवमीको अवसरमा बिदाको व्यवस्था मिलाउन सम्बन्धित मन्त्रीलाई जानकारी गराउने निधिसँग भनेका थिए।

त्यस्तै वैशाख २८ गते कविर दास जयन्तीको अवसरमा पनि सार्वजनिक बिदा दिने निर्णय भएको गृह, सञ्चार तथा कानुन मन्त्रालयले जनाएको छ।

प्रकाशित: २१ वैशाख २०८२ १७:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast