
काठमाडौँ- फिल्म ‘महाभोज’ को गीत ‘लालुमै’ सार्वजनिक भएको छ। ठमेलस्थित छाया सेन्टरमा कार्यक्रम गर्दै आइतबार गीत सार्वजनिक गरिएको हो। गीतमा फिल्म निर्देशक तथा अभिनेता निश्चल बस्नेत र गायिका अस्मिता अधिकारीको स्वर छ।
हर्क साउदको शब्द रहेको गीतमा कोशिश क्षेत्री र केतन क्षेत्रीले संगीत भरेका छन्। पुष्कर खत्रीको संगीत संयोजन रहेको गीतको भिडियोमा कलाकार दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, र स्वयं गायक निश्चल बस्नेतको नृत्य देख्न सकिन्छ। सुनिल क्षेत्रीले कोरियोग्राफी गरेको भिडियो मोडल कमल सिंह र अभिनेत्री मलिका महतसँग बिहेको परिवेशमा आधारित छ।
फिल्मले नेपाली समाजमा विद्यमान वर्ग संघर्ष र पैसाले सिर्जना गर्ने पारिवारिक, सामाजिक तथा नैतिक दवाबको यथार्थ चित्रण गर्ने निर्देशक दिनेश राउतले बताए।
फिल्ममा आर्यन सिग्देल, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, र वीरेन्द्र सिंह कुशवाहलगायत कलाकारहरूको पनि अभिनय छ।
क्लक वर्क क्रियसन र पिक्चर फ्रेमको संयुक्त ब्यानरमा निर्माण भएको हो। फिल्मका निर्माता हिमाल कडरिया हुन्। फिल्म आगामी जेठ १५ मा प्रदर्शन हुनेछ।