
सुर्खेत – सुर्खेतको भेरीगंगा नगरपालिका– १२ मा एक जना युवतीको डम्पिङ साइटमा शव फेला परेको छ।
इलाका प्रहरी कार्यालय छिन्चुका अनुसार भेरीगंगा नगरपालिका–१२ को डम्पिङ साइटको पानी खोल्सामा डुबेको अवस्थामा आइतबार बिहान ५ः०० बजे शव भेटिएको हो।
प्रहरीका अनुसार उनको उमेर अन्दाजी २२ देखि २५ वर्षको रहेको छ। प्रहरीले उनलाई हत्या गरेर फालेको आंशका गरेको छ। शवको पहिचान हुन नसकेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: २१ वैशाख २०८२ १५:३६
प्रतिक्रिया