रवीन्द्र मिश्र छुटाउन दबाब दिने अनशनमा नवराज सुवेदी पनि

हिमाल प्रेस २१ वैशाख २०८२ ८:३८
8
SHARES
रवीन्द्र मिश्र छुटाउन दबाब दिने अनशनमा नवराज सुवेदी पनि

काठमाडौँ- राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायत बन्दीको रिहाइका लागि जारी अनशनमा संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले ऐक्यवद्धता जनाएका छन्।

रिले अनशनप्रति समर्थन जनाउन संयोजक सुवेदी शनिबार जावलाखेल पुगेका हुन्। ललितपुरबासीले आयोजना गरेको रिले अनशनका सहभागीलाई सुवेदीले भेटेर ‘आस्थाका बन्दीहरुको रिहाइ हुनुपर्दछ, मानव अधिकारको सम्मान एवं प्रत्याभूति हुनुपर्दछ’ भनेका थिए।

अनशनमा तीनकुने घटनामा मारिएका सुरेश रजक र सविन महर्जन प्रति हार्दिक श्रद्धान्जली तथा परिवारमा समवेदना प्रकट गरिएको छ। आयोजकले जनाएअनुसार, सरकारले झुटा मुद्दामा थुनामा राखेको आस्थाका बन्दी नछुटेसम्म अनसन जारी रहने छ।

झुटा मुद्दामा सरकारले राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र लगायतलाई फसाउन खोजेको अनसनकारीको भनाइ छ।

प्रकाशित: २१ वैशाख २०८२ ८:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast