भेटघाटमा व्यस्त चौथाइवाले

हिमाल प्रेस १८ वैशाख २०८२ १८:५१
88
SHARES
भेटघाटमा व्यस्त चौथाइवाले

काठमाडौँ- नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेले विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गरेका छन्।
चौथाइवालेले बिहीबार सत्तारुढ दलका साथै विपक्षी दलका नेताहरूलाई भेटेका हुन्।

चौथाइवालेले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग प्रचण्ड निवास खुमलटारमा भेट गरेका छन्।

त्यस्तै उनले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग पनि भेटवार्ता गरेका छन्। पूर्वप्रधानमन्त्री नेपाललाई भेट्न उनी नेपालको कोटेश्वरस्थित निवास पुगेका थिए।

विदेश प्रमुख चौथाइवालेले आजै नेपाली कांग्रेसका महामन्त्री गगन थापा, नेता डा.शेखर कोइराला, प्रवक्ता प्रकाशशरण महत र नेता उदयशम्शेर राणासँग पनि भेट गरेका छन्। त्यस्तै उनले माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मासँग पनि भेट गरेका छन्।

नेताहरूसँग छुट्टाछुट्टै भएको भेटमा नेपाल–भारतबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा कुराकानी भएको बताइएको छ।

बुधबार अनौपचारिक भ्रमणका क्रममा काठमाडौँ आएका भाजपा विदेश विभाग प्रमुख चौथाइवाले राजनीतिक दलका नेताहरूसँगको भेटमा व्यस्त देखिएका छन्।

बुधबार उनले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा तथा उनकी पत्नी एवं परराष्ट्रमन्त्री आरजु राणा देउवासँग संयुक्त रूपमै भेट गरेका थिए।
बुढानिलकण्ठस्थित निवासमा भएको भेटमा पछिल्लो राजनीतिक अवस्था र नेपाल–भारतको सम्बन्धबारे छलफल भएको थियो।

त्यस्तै उनले बुधबार नै नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री रमेश लेखकसँग पनि भेट गरेका थिए। उनको प्रधानमन्त्री केपी शर्मा ओली, मधेश केन्द्रित दलका नेताहरूसँग भेट गर्ने कार्यक्रम रहेको बताइएको छ।

चौथाइवोले तीनदिने भ्रमणका क्रममा काठमाडौँ आइपुगेका हुन्।

प्रकाशित: १८ वैशाख २०८२ १८:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast